६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पूर्वप्रधानमन्त्री नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीलाई संक्रमण भएको छ।  

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार पीएसओ र पछुवा गाडीका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भए हो। संक्रमित हुनेमा दुई जना नेपाल प्रहरी र ७ जना सशस्त्र प्रहरी छन्।

बिहीबार नेता नेपाल सहित परिवार, सचिवालय र सुरक्षाकर्मीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। नेपाल परिवार र सचिवालय सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ। शुक्रबार रिपोर्ट आएको हो।

संक्रमित सुरक्षाकर्मीलाई आइसोलेसनमा पठाइएको र रिपोर्ट नेगेटिभ आउनेहरु पनि सुरक्षाका उपाय सहित बसेको गौतमले बताए।

 

 

प्रकाशित: ६ भाद्र २०७७ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App