१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

उपचार नपाएर ज्यान गुमाउँदै सर्वसाधारण

यति बेला धनुषाको नगराइन नगरपालिका–३ फुलगामाका ७० वर्षीय रामचन्द्र साह रुँदैछन्। बुढेसकालको सहारा जवान छोरा गुमाउनुको पीडाले वृद्धा सोनावत्ती अर्धमूर्छित छिन्। पति गुमाएको पीडाले गीतादेवी छटपटाइरहेकी छिन्। दुई छोरा र एक छोरी ‘मेरो पापालाई ल्याइदेऊ’ भन्दै चिच्याइरहेका छन्।

कोरोना रोकथाम र उपचारमा हालसम्म सरकारले कति खर्च गर्‍यो ?

कोभिड –१९ को रोकथाम र उपचारका लागि सरकारले साउन मसान्तसम्म झण्डै १२ अर्ब खर्च गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गरेका हुन्।

जसले कोरोना संक्रमितको उपचार गर्दै तीज मनाए

शुक्रबार हिन्दु नेपालीहरुको महत्वपूर्ण पर्व तीज। तर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सिङ इच्जार्ज ज्योती पौडेललाई भने तीजको कुनै प्रवाह थिएन। बरु बुटवल धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीकै चिन्ता थियो।

विश्वभरी दुई करोड २२ लाख संक्रमित, एकै दिन साढे दुई लाख थपिए

महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसको संख्या दुई करोड २२ लाखभन्दा बढी भएको छ।

जुम्लामा ९६ जनाको परीक्षण गर्दा ५१ मा कोरोना संक्रमण

जुम्लाको हिमा गाउँपालिकाका ९६ जनामा कोरोना परीक्षण गर्दा ५१ जनाको रिपोर्ट पोजेटिभ आएको छ। बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा ५१ जना कोरोना पोजेटिभ देखिएका हुन्।

उद्योगका कामदारमा कोरोना संक्रमण फैलिदो

सुनसरीको औद्योगिक कोरिडोर क्षेत्र दुहवीका एकपछि अर्को उद्योगमा काम गर्ने कामदारका कोरोना पुष्टि हुने क्रम बढ्दो छ। दुहवीमा समूदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएपछि उद्योगका कामदारको नमुनाको रुपमा पिसिआर परीक्षण गर्दा दश जनाको पोजेटिभ पुष्टि भएको हो।

कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

प्रदेश सरकार र स्थानीय तहले आइसोलेसन बेड प्रबन्ध गर्न नसक्दा विराटनगरका एक जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।

कोरोनाबाट थप ६ को मृत्यु, मृत्यु हुनेको संख्या १२६ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ६ को मृत्यु भएको छ।

थप ७०७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ८ सय ३२ पिसिआर परीक्षणमा ७०७ जनामा संक्रमण देखिएको हो।

काठमाडौं उपत्यकामा थप २ सय जना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १७४ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन्।

प्रयोग भएको मास्क जथाभावी बिसर्जनः सङ्क्रमणको जोखिम बढ्दो

कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् ।

खरिपाटीको क्वारेन्टिन बन्यो २०० शैय्याको आइसोलेशन

सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ। चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०० शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो।

निर्देशन नमाने कारबाही: सरकार

कोरोना उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने निर्णयको निजी अस्पताल र अन्य सरोकारवालाले अवज्ञा गरे तिनलाई कारबाही गर्ने सोच सरकारले बनाएको छ ।

कोरोना कहरमा संघीयताको मर्म झल्कँदै

जताततै कोरोना भाइरसको सन्त्रास बढ्दो थियो । जेठ पहिलो साता हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवकलाई कोरोना संक्रमण भएपछि जिल्लाभरि हल्लीखल्ली मच्चियो । तर स्थानीय सरकारका रूपमा नगरपालिकाले तत्काल संक्रमित युवालाई परिवारबाट अलग गरेर उपचारमा पठायो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्