६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सन्दीप जमाइकाबाट क्यारेवियन क्रिकेट लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगर स्पिनर सन्दीप लामिछाने क्यारेवियन क्रिकेट लिग (सिपिएल) खेल्न बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । प्रस्थान अघि बुधबार गरिएको पत्रकार सम्मेलनमार्फत लेग स्पिनर लामिछानेको यात्रा निश्चित भएको जानकारी दिइएको छ । अगष्ट १८ देखि ट्रिनिदाद एण्ड टोबागोमा सुरु हुने सीपीएल ट्वान्टी–२० खेल्नका त्यसतर्फ प्रस्थान गर्ने भएका हुन । खेलमा फर्किन पाउँदा खुसी लागेको सन्दीपले प्रक्रिया दिए ।  

तेस्रो पटक सिपिएलमा सहभागि हुन लागेका सन्दिप जमाइकाबाट यसपटक खेल्ने छन् । यसअघि सन्दिपले सिपिएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बेडोस ट्राइडेन्ट्सबाट खेलिसकेका छन्। जमाइकाले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । बुधबारकै पत्रकार सम्मेलनमा लामिछानेले त्रिवि क्रिकेट मैदानमा काम गर्दै आएका कर्मचारीहरूलाई एक लाख आर्थिक सहयोग गर्ने बताएका छन् । १५ जना कर्मचारी कोरोना भाईरसले प्रभावित गरेको भन्दै सन्दीपले त्रिवि मैदानका कर्मचारीलाई एक लाख सहयोग गर्ने घोषणा गरेका हुन्।

यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ । सन्दीपका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दीप बिहीबार १० बजे कोरियन एअरलाइन्सको चार्टर्ड फ्लाइटमा अमेरिका हुँदै वेष्ट इन्डिज जाने छन् । 

प्रकाशित: १४ श्रावण २०७७ १५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App