१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

उत्तरी गोरखामा ५० भन्दा बढी पर्यटक रोकिए, लोक्पा पहिरोमा एक जना फसे

तस्वीर: सेराप गुरुङ

मनास्लु पदमार्गमा गएका ५० जना भन्दाबढी पर्यटक रोकिएका छन्। लगातारको वर्षातका कारण चुमनुब्री गाउँपालिका ४ गप र वडा नम्बर ६ चुम्लिङमा विदेशी पर्यटक रोकिएका गाउँपालिका अध्यक्ष निमा लामाले बताए।  

‘केहीदिनदेखि पर्यटक तल झर्न सकेका छैनन’ उनले भने ‘उद्धारका लागि जिल्ला प्रशासन र गृहमन्त्रालयसँग समन्वय भइरहेको छ, हामीले जानकारी गराएका छौँ।’  

यस्तै चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोमा एक पुरुष फसेका छन्। गत बिहिबारदेखि सुर्खेत घर भएका ३४ वर्षीय दीपक जिसी पहिरोमा फसेका हुन्। उनको खुट्टा भाँचिएको र मानिसले उद्धार गर्न संभव नभएको स्थानीय शेराप गुरुङले बताए।  

उनको उद्धारका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको र नेपाली सेनाको हेलिकप्टरले आइतबार उद्धार गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।  

घाइते जिसी पहिरोमै ओढार भित्र बसिरहेका छन्। उत्तरी गोरखा आउजाउ गर्ने सडक अवरुद्ध भएपछि खाद्यान्न पनि अभाव हुन थालेको स्थानीयले बताएका छन्। मनास्लु गएका पर्यटक फर्कन नपाउँदा समस्या भएको खबर विभन्न ठाउँबाट आइरहेका गाउँपालिका अध्यक्ष निमा लामाले बताए।  

प्रकाशित: २२ आश्विन २०७९ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App