१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

कांग्रेस कार्यकर्तालाई खुकुरी प्रहार गर्ने माओवादी कार्यकर्ता पक्राउ

कांग्रेस कार्यकर्तालाई खुकुरी प्रहार गर्ने एक जना माओवादी कार्यकर्तालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ।

खुकुरी प्रहार गरि फरार रहेका प्रकाश केसीलाई सल्यानको थारमारेबाट प्रहरीले पक्राउ गरेको डिएसपि बिनोद घिमिरेले बताए।

सोमवार राति गंगादेब गाउँपालिका–५ बस्नेयौटामा खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षीय मनबहादुर बुढा र २० वर्षीय कमल बुढा घाइते भएका थिए।

घाईतेको अवस्था गम्भिर भए पछि उनलाई सोहिदिन राती नै दाङ अस्पताल हुदै नेपालगञ्ज लगिएको थियो। गाउँमा झडपको अवस्था आएपछि रोल्पा प्रहरी प्रमुखको टोली घटना स्थल पुगेर थप सर्तकता अपनाएको थियो।

प्रकाशित: २८ वैशाख २०७९ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App