१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

लागुऔषधसहित दुई जना पक्राउ

मोरङको छुट्टा–छुट्टै २ स्थानबाट प्रहरीले लागुऔषध र प्रतिवन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार साँझ सुनवर्षी र रतुवामाई नगरपालिका क्षेत्रबाट २ जनालाई लागुऔषध र प्रतिवन्धित औषधिसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

सनुवर्षी नगरपालिका–८ बाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित धनकुटाको जोरपाटी घर भई सुनवर्षी–१ बस्ने २३ वर्षीय विनोद तामाङ पक्राउ परेका हुन्। तामाङलाई चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ब्राउन सुगर १ ग्राम ७ सय ४० मिलिग्राम बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ। त्यस्तै रतुवामाई नगरपालिका–४ पैयामारीबाट लागुऔषध र प्रतिवन्धित औषधिसहित रतुवामाई–१ का ३५ वर्षीय वीरेन्द्र महतो पक्राउ परेका हुन्। साइकलमा यात्रा गरिरहेका महतोलाई शंका लागी चेक गर्ने क्रममा उनको साथबाट लागुऔषध र प्रतिवन्धित औषधि फेला परेको डिएसपी श्रेष्ठले जानकारी दिए।

महतोको साथबाट लागुऔषध कोरेक्स १० बोतल र प्रतिवन्धित औषधि ओमेप्राजोल ४ सय पिस, डिक्लोफेन्स ९० पिस, इट्वाइक्लोमिन ४० पिस, ओम्निगेल इन्जेक्सन १८ पिस र ओफ्लोक्सिन ६० बोतल बरामद भएको हो। उनलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३ फाल्गुन २०७८ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App