२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान

दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ। उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो।

बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदानको प्रक्रिया अपनाइएको हो। ‘गुड नेभर्स इन्टरनेशनल, नेपाल’ र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान गरिएको हो। विद्यार्थी उत्साहित भएर मतदानमा सहभागी भएका सुनादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पाठकले बताए। बालविवाह उचित नभएको कक्षा १० की छात्रा गङ्गा कडायतको भनाइ छ।

उनले भने,“बालविवाह गर्नु गलत हो भन्ने सबैले बुझेका छन्, तर अभिभावकको दबाबका कारण बालविवाहले प्रश्रय पाएको छ।” मतदानमा १४५ छात्र र १४२ छत्रासहित २८७ विद्यार्थी सहभागी थिए। महिला र पुरुषको उमेर २० वर्ष नपुगी विवाह गर्दै भन्ने कानूनी व्यवस्था छ। तर अभिभावकको करकापले अधिकांश बालबालिकाले २० वर्ष उमेर नपुगी विवाह गर्दै आएका छन्।

बालविवाह अन्त्यका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल जारी छ। “बालविवाहको असरबारे अभिभावकलाई ज्ञान हुन जरुरी छ”, सामुदायिक विकास केन्द्रका सूचना अधिकारी एकराज बडुले भने। उच्च शिक्षा अध्ययन गर्न नसकेपछि यहाँका बालबालिका बीचमै ढाइ छोड्न बाध्य छन्। उनीहरु कोही विदेश जान्छन् भने कतिपयले विवाह गर्ने चलन बढ्दै गएको उनको भनाइ छ। रासस

प्रकाशित: १७ मंसिर २०७८ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App