१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

वीरगन्जमा दिपावलीको रौनक, मनाइयो ‘जमदियरी’

मंगलबार परेको धनतेरसबाट सुरु भएर पाँच दिनसम्म चल्ने दिपावलीको दोस्रो दिन बुधबार जमदियरी अर्थात ‘यम चतुदर्शी’ मनाइएको छ। गत वर्ष कोरोना महाहामारीको  प्रभावले हराएको दिपावलीको रौनक भने यस पटक फर्किएको स्थानीयको अनुभव छ।

व्यापारिक नगरी वीरगन्जका मुख्य बजार क्षेत्र आदर्शनगर, माइस्थान, घण्टाघर क्षेत्र झिलिमिलीले ढाकेको छ। सबै टोलमा मानिसहरुले आआफ्नो घरलाई बेहुलीलाई झैं सिँगारेका छन्।  

परम्परा अनुसार लक्ष्मीपूजाको एक दिनअघि घर अगाडि एउटा दियो बालेर जमदियरी मनाइएको छ। मृत्युका देउता ‘यम’लाई अर्पण गरेर एउटा दियो बाल्ने परम्परा रेहको लोकसंस्कृतिका जानकार उमाशंकर द्विवेदीले बताए।

मारवाडी समु्दायको बाहुल्य रहेको व्यापारी वर्गले यस दिनलाई ‘छोटा दिवाली’ पनि भन्ने गरेका छन्।

बिहीबार परम्परा अनुसार लक्ष्मीपूजासँगै दिपावली मनाउने तयारी गरिएको छ। गत वर्षको तुलनामा बजारमा कारोबार भने केही राम्रो भएको व्यापारीहरुले प्रतिक्रिया दिए।

दिपावलीको साँझ केराको बोट वा पात हालेर र रंगी बिरंगी फूल लगाएर दैलोलाई सजाउने गरिएको छ। घर अगाडी रंग र फूलहरु हालेर रंगोली बनाउने चलन बढेको छ। माटो दियो हाल्ने चलन बिस्तारै घट्दै जाने क्रम भने रोकिएको छ। मैनबत्ती र विद्युतीय बत्तीको साटो माटाकोे दियो बालेर मौलिक रुपमा दिपावली मनाउने मान्यतामा कतिपय स्थानीय अडिग देखिन्छन्। व्यापारिक प्रतिष्ठानले पुरानो खाता फेरेर नयाँ हाल्ने, आफ्ना कामदारलाई कपडा र मिठाई दिने जस्तो चलन पनि छ।

प्रकाशित: १७ कार्तिक २०७८ १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App