८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

गण्डकी प्रदेशमा आईतबार ४ कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा आइतबार ४ कोरोना संक्रमितको मृत्यु भएको छ। कास्कीका ३ र लमजुङका १ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पोखरा महानगरपालिका १७ की ६६ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यू भएको छ। उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जनाइएको छ।

त्यस्तै पोखरा १७ कै ३४ वर्षे पुरुषको पनि आईतबारै मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनको चरक मेमोरियल कलेजमा उपचारको क्रममा मृत्यू भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ।

यसैगरी पोखरा महानगरपालिका वडा नम्बर १ का ७५ वर्षिय वृद्धको आईतबार पौने ११ बजे मृत्यु भएको छ। उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यू भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ।

आईतबारै लमजुङ बेसीशहर नगरपालिका ११ की ४३ वर्षिया महिलाको मृत्यु भएको जनाइएको छ। उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

 

आईतबार ४ को मृत्यू भएसँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यू हुनेको संख्या १ सय ७० पुगेको छ। गण्डकी प्रदेशमा हालसम्म कोरोनाले कास्कीका ९२, नवलपुरका २०, तनहुँका १८, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५ म्याग्दीका ३ र पर्वतका २ जनाको मृत्यू भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

 

प्रकाशित: २२ मंसिर २०७७ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App