१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश १ मा १४ जना डिस्चार्ज

प्रदेश १ बाट कोरोना जितेर १४ जना डिस्चार्ज भएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार कोरोना संक्रमण मुक्त भएर १४ जना डिस्चार्ज भएका हुन् ।  

डिस्चार्ज हुनेहरूमा ९ जना महिला र ५ जना पुरुष छन् । जसमा झापाका ६ जना, मोरङका ४,सुनसरीका ३ र पाँचथरका १ जना छन् । सोमबार १४ जना डिस्चार्ज भएसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेहरूको संख्या ३ सय ९२ पुगेको छ ।  यस्तै सोमबार प्रदेश १ मा ७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिनेहरूमा मोरङ विराटनगरका १, उदयपुर ताप्लिका २, खोटाङ दिक्तेलका ४ जना छन् । सात जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या प्रदेश १ मा ५ सय ६७ पुगेको छ । हाल अस्पतालमा १ सय ६९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको  छ ।

प्रकाशित: १५ असार २०७७ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App