५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

खोलाले बगाएर युवतीको मृत्यु

खोला तर्ने क्रममा बगाउँदा एक युवतीको मृत्यु भएको छ । नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । 

वडा नजीकै रहेको सामेखोला तर्ने क्रममा बगाएर उनको मृत्यु भएको हो । लगातार बर्षातसँगै खहरे ठूलो भएर आएको र तर्ने क्रममा बगाएपछि शवसमेत निकाल्न नसकिएको प्रहरीले जानकारी दिएको छ । शव खोलाको बीच ढुंगामा अड्किएको बताइएको छ ।

प्रकाशित: ११ असार २०७७ १६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App