३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

क्वारेन्टाइनमै अविवाहित युवतीले जन्माइन् मृत शिशु

ओखलढुंगा – छिमेकी जिल्ला उदयपुरबाट आएर ओखलढुंगाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशु जन्माएकी छन्। मोलुङ गाउँपालिकाकै १६ वर्षिया अविवाहित युवतीले क्वारेन्टाइनमै मृत शिशुु जन्माएकी हुन्।

मंगलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार बिहानै देखि समस्या देखिएको थियो। बुधबारनै उनले मृत शिशु जन्माएको मोलुङ गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए। शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको उनको भनाई छ। 

उनलाई ओखलढुंगा सामुदायिक अस्पतालको आइसुलेसन वार्डमा राखिएको छ। रक्तश्रापको केही समस्या भएपनि युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

कोरोनाको डरले मृत शिशुको पोस्टमार्टम गरिएको छैन। आमा केही दिनअघि मात्रै उदयपुरबाट आएकी भएकाले कोरोनाको संक्रमण हुन सक्ने डरले पोस्टमार्टम नगरिएको बुझिएको छ।

शिशुको पोस्टमार्टम गरेर नगरेको यसविषयमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरका प्रहरी निरीक्षक श्रीप्रसाद राईले प्रतिक्रिया दिन चाहेनन्। ‘अविवाहित भनिएकी युवतीले मृत शिशु जन्माएकी हुन्। अहिलेलाई यत्ति भनौं। शिशुको पोस्टमार्टम लगायतका कुरा पछि गरौंला नत्र माथिल्लो निकायमा सोध्नुस्।’ प्रहरी निरीक्षक राईले भने। उदयपुर जिल्लामा बस्दै आएकी ति युवती केहीदिनअघि मात्रै जिल्ला फर्किएकी थिइन्।

प्रकाशित: १२ वैशाख २०७७ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App