३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

भोजपुरमा जिप दुर्घटना: एक महिलाको मृत्यु,१२ जना घाइते

भोजपुरमा जिप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ। आमचोक गाउँपालिका वडा नम्बर-८ तारकुवामा जिप दुर्घटना हुँदा एकजना महिलाको घटना स्थलमै मृत्यु भएको र १२ जना घाइते भएका छन्। भने २ जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रूना राई रहेकी छन्। घाइतेहरुलाई उद्धार गरी उपचारका लागि बीपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुनसरी धरानस्थित घोपा पठाइएको छ। 

बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको जिप दूधकोशी नदी किनारमा खसेको थियाे। जिपमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।  

प्रकाशित: १७ वैशाख २०८१ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App