३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

मोरङको ग्रामथानमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट एकजना युवकको मृत्यु भएको छ।

ग्रामथान गाउँपालिका–६ का ३१ वर्षीय सुरज माझीको गयराति सवारीको ठक्करबाट मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान–६ नेता चोकमा घाइते अवस्थामा भेटिएका थिए।

घाइते माझी राति सवा ९ बजेतिर टाउकोमा चोटग्रस्त अवस्थामा फेला परेका हुन्। उनलाई तत्काल उद्धार गरेर उपचारका लागि विराटनगरस्थि कोशी अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको बताउँदै डिएसपी दाहालले भने, ‘घटनाको प्रकृति हेर्दा पैदल हिँडिरहेका बेला माझीलाई पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिएको हुनसक्ने देखिन्छ। सवारीसाधनको पहिचान हुन सकेको छैन। पहिचान खुलाउने र खोजी काम भइरहेको छ।’

शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २२ फाल्गुन २०८० १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App