१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सम्पर्कबिहीन प्रहरीहरूलाई ७ दिनभित्र हाजिर हुन उर्दी

नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत २६ जना लामो समयदेखि सम्पर्कबिहीन छन्। तीन प्रहरीलाई तत्काल हाजिर हुन आउन नेपाल प्रहरी प्रधान कार्यालयले उर्दी जारी गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना प्रकाशित बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन उर्दी जारी गरेको हो।

यसरी उर्दी जारी गरिएका पदहरूमा वरिष्ठ हवलदारदेखि प्रहरी जवानहरू छन्।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको, खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय ९२०बमोजिम प्रक्रिया पुरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयमा सम्पर्कमा नआएकाले सूचना जारी गरेको जनाइएको छ।

‘कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१०को खण्ड ९च०को कसुरमा नियमावलीको नियम १०९ को देहाय (ख) ९१० बमोजिम सेवाबाट हटाउने कारबाही हुनेछु, सूचनामा भनिएको छ।

यसलाई प्रहरी नियमावली २०७१ को अनुसूची १४को भाग ४ को प्रयोजनार्थ सफाइको मौका प्रदान गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित: ११ पुस २०८० ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App