३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

चक्कु प्रहारबाट घाइते युवकको मृत्यु

चक्कु प्रहारबाट घाइते रौतहटका एकजना युवकको मृत्यु भएको छ। गत शनिवार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका ६ का २० वर्षीय युवक राहुल साहको उपचारको क्रममा मृत्यु भएको हो।

विहीवार दिउँसो सामान्य विवादमा तिन जनाको समूहले साहमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट घाइते भएका साहको वीरगञ्जस्थित एलपी न्यूरो अस्पतालमा उपचार भइरहेको थियो। उनको आज बिहान उपचारको क्रममा निधन भएको अस्पताल प्रशासनले जनाएको छ।

चक्कु प्रहार गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चक्कु प्रहार गर्नेमध्ये अन्यको खोजी कार्य जारी रहेको रौतहट प्रहरीले जनाएको छ।  साथै घटनाबारे पनि अनुसन्धान भइरहेको छ।

प्रकाशित: २७ कार्तिक २०८० ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App