३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुलीको भिमानमा बन्यो सुविधा सम्पन्न बसपार्क

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा बनेको नमुनाबसपार्क। तस्बीरः अनिल भण्डारी, नागरिक

सिन्धुलीमा नमुना बसपार्क निर्माण भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा जिल्लाकै व्यवस्थित नमुना बसपार्क बनेको छ । शहरी विकास तथा भवन कार्यालय सिन्धुलीको चार करोड ३६लाख४१ हजार ४ सय १६ रुपैया बजेटमा जिल्लाकै नमुना बसपार्क बनेको हो ।  

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा शहरी विकास तथ ाभवन कार्यालय सिन्धुलीले बसपार्क बनाएको हो । विपी राजमार्ग र निर्माधिन रहेको मदन भण्डारी राजमार्गको संगमस्थल सिन्धुलीको भिमान खोला नजिकै सिन्धुली जिल्लामै पहिलोपटक नमुना बसपार्क बनेको हो । निर्माण सम्पन्न भएको बसपार्कको एक औपचारिक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले उद्घाटन गरेका छन् । उद्घाटन गर्दैमुख्यमन्त्री  जम्कट्टेलले बसपार्कलाई छिट्टै सञ्चालनमा ल्याइने बताए । बनेपा– सिन्धुलीबर्दिबास राजमार्ग अन्र्तगत सिन्धुली बर्दिबास सडक खण्डको भिमानमा मदनभण्डारी राजमार्ग निर्माण भएसँगै यातायातको चहलपहल बढेपछि बसपार्क आवश्यक देखिएको स्थानिय बताउछन् । विपी राजमार्ग र मदनभण्डारी राजमार्गको संगमस्थल भिमानमा बसपार्क निर्माण भएसँगै चहलपहल बढेको छ । बसपार्क निर्माण भएसँगै मदनभण्डारी राजमार्ग र विपी राजमार्ग भएर सञ्चालन हुने यातायातका साधनलाई प्रत्यक्ष सेवा पुग्ने सिन्धुली क्षेत्र नम्बर २ का संघिय सांसद लेखनाथ दाहालको भनाई छ । २०७७ सालको फागुन महिनाम ानिर्माणको ठेक्का पाएको आत्रेय श्रीकृष्ण जेभीले विभिन्न चरणमा गरि काम सम्पन्न गरेको हो ।  

बसपार्क सँगै बसपार्क सञ्चालन व्यवस्थापनका लागि ३ तले आरसीसी भवन,टिक काउन्टर अशक्तका लागि आराम कक्ष,बसपार्कमा ग्यारेज सर्भिस गर्ने ठाँउ,शौर्य बत्ति, महिला पुरुषका लागि छुट्टा छुट्टै शौचालय विश्वकर्मा बाबाको मन्दिर सहितको सुविधा रहेको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेको भनाई छ ।  

जिल्लामै पहिलो पटक निर्माण भएको व्यवस्थित नमुना बसपार्कमा साना ठुला गरि एक सय सवारी साधनपार्क गर्ने मिल्ने क्षमता छ । बसपार्क निर्माणसँगै भिमान माशहरीकरण बढ्ने र थपचहलपहलहुने अर्का संघिय सांसद श्याम घिमिरेको भनाई छ । बसपार्क व्यवस्थित बनेकाले व्यवस्थितगरि संरक्षण गरेर सञ्चालन गर्नुपर्ने उनको भनाई छ । उनका अनुसार बसपार्क निर्माण भएसँगै भिमान क्षेत्रका स्थानियको जिवनस्तर उकास्न समेत बसपार्कले टेवा पु¥याउने छ । विपी राजमार्गबाट आउने सवारी साधनतथा मदनभण्डारी राजमार्गबाट ओहोरदोहोर गर्ने सवारी साधनलाई भिमान बसपार्कले थप सेवा दिने स्थानियको भनाई छ । बसपार्कलार्इ आवश्यक सौन्र्दयकरण सहितको व्यवस्था गरिएको छ ।  

प्रकाशित: २७ भाद्र २०८० ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App