३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीमाथि आक्रमण गरी हतियार र गोली लुटपाट

लुटेरा समूहले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुटेको छ। चोरी नियन्त्रणका लागि दुई जनाको संख्यामा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरि हतियार र गोली लुटेर लगेको इलाका प्रहरी कार्यालय दुहवीले पुष्टि गरेको छ ।  

बर्जु गाउँपालिका वडा नं. १ शुक्रबार बिहानका राति पाँच जनाको संख्यामा रहेको लुटेरा समूहले आक्रमण गरि हतियार र गोली लटेर लगेको प्रहरी निरीक्षक मोहन पोखरेलले बताए । बर्जु गाउँपालिका क्षेत्रमा पछिल्लो समय चोरी र लुटपाटका घटना बढेपछि प्रहरीले सादा पोसाकमा प्रहरी जवानबिमल परियार र प्रेम चौधरीलाई परिचालन गरेको थियो । लुटेरा समूहले प्रहरीको साथमा रहेको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको लगेको छ ।  

प्रहरीका अनुसार सुरुमा प्रहरीलाईं काठको चिर्पटले प्रहार गरेर घाइते बनाएपछि दुई पक्षबीच केहीबेर घम्साघम्सी भएको थियो । अन्ततः प्रहरीभन्दा ठूलो समूह आक्रमणकारीको भएपछि हतियार र गोली लुटेर लगेको प्रहरीले जनाएको छ ।  

प्रहरीले घटनास्थल नजिकबाट लुटिएको पेस्तोलको छ राउण्ड गोली, म्यागजिन, गोलीको खालीखोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली भने बरामद गरेको छ । पेस्तोल भने अहिलेसम्म फेला परेको छैन । घटनाको अनुसन्धान भइरहेको दुहवीका प्रहरी निरीक्षक पोखरेलले बताए । ‘शंकास्पद व्यक्तिलाई नियन्त्रणमा गरि अनुसन्धान भइरहेको छ,’ उनले भने ।  

प्रकाशित: २३ भाद्र २०८० ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App