२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

आरजु र मेरो भारत भ्रमणको ‘मकसद’ एउटै होइनः प्रचण्ड

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत जादै गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आरजु र आफ्नो भ्रमणको उदेश्य एउटै नभएको बताएका छन् । प्रधानमन्त्री पत्नी आरजु देउवा समेत भारत भ्रमणमा रहेको बेला अर्का नेता प्रचण्डको भ्रमण आकस्मिक रुपमा हेरिएको छ ।  

‘दिल्लीमा उहाँसंग भेट हुन सक्छ’, भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘तर हाम्रो भ्रमणको मकसन फरक फरक छ ।’ उनले आफ्नो भ्रमण सद्भावना भ्रमण भएको बताउँदै  यो  आकस्मिक नभएको समेत दाबी गरे ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभएको समेत उनले बताए ।

प्रकाशित: ३१ असार २०७९ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App