१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनः आजको बन्दसत्र सुरु भएन, प्रतिनिधि अलमलमा

चितवनको सौराहामा जारी रहेको नेकपा एमालेको १० औं महाधिवेशनको आज तेस्रो दिन हो। आज विहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र अझैंसम्म सुरु हुन सकेको छैन।

तोकिएकै समयमा आजको बन्दसत्र सुरु नहुँदा महाधिवेशनमा आएका प्रतिनिधिहरु अलमलमा परेका छन्। बन्दसत्र कहिले र कतिबेला सुरु हुछ भन्नेबारे प्रतिनिधिहरु अनभिज्ञ छन्।

यस्तै, पार्टी अध्यक्षमा दावी गरेको उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि प्रचारप्रसार सुरु गरेका छन्। उनले अध्यक्ष पदमा आफ्नो उम्मेदावारी किन भन्नेबारे पर्चा तथा पम्प्लेट प्रतिनिधिहरुलाई बाँडिरहेका छन्।

यता पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नका लागि आफूनिकटका नेतासँग भेटेर छलफल गरिरहेका छन्। सोही क्रममा अध्यक्ष ओलीले विष्णु पौडेललगाएत अन्य नेताहरुलाई पनि भटेका छन्।

ओली आफूनिकटका नेताहरुलाई सहमतिमा ल्याउन छलफलमा व्यस्त रहेका कारण आजको बन्दसत्र सुरु हुन नसकेको स्रोतले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७८ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App