८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रचण्ड–नेपाल समूहले प्रदेश कब्जा गर्न खोज्यो, तर सफल हुन दिँदैनौ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा प्रचण्ड–नेपाल समूहलाई ‘प्रदेश कब्जा गर्न’ नदिने बताएका छन्। शनिबार नेकपा केपी शर्मा ओली समूहको विराटनगरमा आयोजित सभामा मुख्यमन्त्री तथा नेता राईले प्रदेश कब्जा गर्न खोज्ने प्रवृत्तिलाई सफल हुन नदिने बताएका हुन्।

आफूहरुले प्रदेशलाई संस्थागत गर्दै अगाडि बढिरहेको भएपनि प्रचण्ड–नेपाल समूहले विधि प्रक्रियाको खिल्ली उडाएको आरोप लगाए। त्यस्ता गतिविधिलाई सफल हुन नदिने उनको भनाई छ।

प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेको छ।  

अर्को प्रसंगमा मुख्यमन्त्री राईले निर्वाचन आयोगले बैशाखमा घोषणा भएको चुनावको तयारी थालिसकेको बताउँदै तोकिएको मितिमा चुनाव हुने जिकिर गरे। उनले राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीहरूलाई अपदस्त गरेर सत्ता कब्जा गर्ने तयारी गरिएकाले संसद विघटन गर्नुपरेको दाबी समेत गरे।

प्रकाशित: ८ फाल्गुन २०७७ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App