६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम सरकारमा प्रचण्ड- नेपालको बहुमत

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा विभाजनको संघारमा पुगेका बेला सुदूरपश्चिम प्रदेशमा पनि जोडघटाउ गरिन थालेको छ।  दुवै पक्षले भेला, बैठक र आफ्नो पक्षमा नेता, कार्यकर्ता तान्ने प्रयास शुरु गरेका छन्।  नेकपा एमालेका तत्कालिन उपाध्यक्ष समेत रहेका नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटी इन्चार्ज भीम रावलको बढी प्रभाव रहेको सुदूरपश्चिममा प्रचण्डका निकट मानिने र यस प्रदेशका प्रभावशाली नेता लेखराज भट्ट ओलीको साथमा उभिएपछि यहाँ अवस्था पेचिलो बनेको छ।  सुदूरपश्चिम प्रदेश सरकार र प्रदेश सभामा भने प्रचण्ड माधव पक्षको सुविधाजनक बहुमत रहेको छ।  

तर संघीय संसदमा र नेकपाका केन्द्रीय सदस्यमा भने बराबर जस्तै छ।  तर केपी पक्षका नेता संघीय संसदमा र केन्द्रीय सदस्यमा आफ्नो बहुमत भएको दावी गरेका छन्। ‘ सुदूरपश्चिममा संघीय संसद र केन्द्रीय सदस्यमा हाम्रो बहुमत छ’ओली पक्षधर नेकपा केन्द्रीय सदस्य तथा सासंद नारदमुनी रानाले भने।  

प्रदेश सरकारमा प्रचण्ड माधवको बाहुल्यता

५३ जना सदस्य रहेको सुदुरपश्चिम प्रदेश सभामा तत्कालिन एमालेबाट २५, माओवादीवाट १४ जना प्रदेश सभा निर्वाचित भएका थिए।  नेपाली कांग्रेस १२ र राजपा २ सदस्य हुन्।  लेखराज भट्टले मुख्यमन्त्री बनाएका त्रिलोचन भट्टले लेखराजको साथ छोडेर प्रचण्ड र रावलमा पक्षमा छन्।  पूर्वएमालेबाट ४ र माओवादीबाट ३ मन्त्री छन्।  ७ सदस्यीय प्रदेश सरकारको मन्त्रीमण्डलमा भौतिक विकास तथा योजना मन्त्री पठान सिह बोहरा ओली पक्षधर हुन।  लेखराज नजिक मानिने आन्तरिक मामिला तथा योजनामन्त्री झपट बोहरा लेखराजको पक्षमा उभिने आकलन गरिए पनि उनी आफै भने खुलिसकेका सकेका छैनन्। ‘अहिले परिस्थिती तेता पुगिनसकेकोले धेरै जना खुलेका छैनन्, केही भन्न सकिने अवस्था छैन, पार्टी विभाजनको दिशामा गईहालेमा त्यसपछि थाह हुने कुरो हो’मन्त्री बोहराले भने।  माओवादी कोटाबाट मन्त्री बनेका भूमी व्यवस्था,कृषी, तथा सहकारी मन्त्री बिनिता चौधरी प्रचण्ड पक्षमा छन।  आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, समाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग, पर्यटन वन तथा बतावरण मन्त्री  माया भट्ट रावल पक्षमा छन।  यसरी ७ जनामा मुख्यमन्त्री सहित ५ जना प्रचण्ड माधव पक्षमा छन भने एक जना खुल्न वाँकी छन।  यसैगरि ३९ जना प्रदेश शभा सदस्यमा पनि केही जना खुली सकेका छैनन्। ३९ जनामा दुई तिहाई भन्दा बढी सदस्य प्रचण्ड माधव पक्षधर छन।  पार्टी बिभाजन भएमा प्रचण्ड नेपाल पक्षधरको एकलौटी सरकार प्रदेशमा बन्ने देखिन्छ।  

यसैगरि सुदूरपश्चिममा प्राभावशाली नेताहरुमा रावल, प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, सहइन्चार्ज भानुभक्त जैशी, उर्वादत्त पन्त प्रचण्ड नेपाल पक्षमा छन।  भने स्थायी कमिटी सदस्य लेखराज, प्रदेश कमिटी अध्यक्ष कर्ण थापा, केन्द्रीय सदस्य महेश्वर पाठक ओली पक्षमा छन।  यसैगरि भैरव बहादुर सिंह, झपट रावल, बिनामगर, डा. दिपक प्रकाश भट्ट प्रचण्ड नेपाल पक्षमा छन  भने नारदमुनी राना, गणेश ठगुन्ना, दामोदर भण्डारी, लालबहादुर थापा, प्रेम आले, नरबहादुर धामी, निरुपाल लगायतका ओली पक्षमा छन।  

नेकपा कैलालीका अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाले सुदूरपश्चिममा बराबरीको अवस्था रहेको र अहिले केही भन्न नसकिने बताए।  ‘दुवै पक्षका भेलामा मान्छेहरु उस्तै उस्तै सहभागी भैरहेका छन’उनले भने,‘अहिले यो थाह हुनेवाला छैन,समय लाग्छ। ’  

नेकपा प्रदेश सभा सदस्य राजेश खातीले कतिपय नेता र कार्यकर्ता अहिले खुल्न नमानेको बताएका छन्।  ‘दुवै पक्षका भेलामा कतिपय जना गैरहेका छैनन्’उनले भने।  

 

प्रकाशित: ६ पुस २०७७ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App