उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा सम्बोधन गरेका छन् ।
सदनभित्र लामो समयको रसाकसीपछि आफ्नो धारणा राख्न रोष्ट्रममा उभिएका गृहमन्त्री लामिछानेले डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको अर्को दिन सहकारी ठगी गरेको आरोप लगाएका हुन् ।
उनले सो प्रस्ताव नगरेको भए प्रमाणित गरेर देखाउन कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २ महिनापछि प्रतिनिधि सभा बैठकमा बोल्न पाएका छन् ।
गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्टदेखि प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा उनीमाथि सहकारीको रकम अपचलनको आरोप लगाउँदै बोल्न समेत बन्देज गरेको थियो ।
प्रकाशित: ६ जेष्ठ २०८१ १८:४८ आइतबार