४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सधैं समर्थन : सभापति देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर दउवाले राष्ट्रिय हितको सवालमा सबै नेपाली फेरी पनि एक भएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सभापति देउवाले गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सबै नेपाली नागरिकले साथ दिएको बताएका हुन् । उनले नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलले समेत संविधानमा नक्सा संशोधनका लागि पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको बताए । त्यस्तै सबै पार्टीको समर्थन देखिएको र यसले राष्ट्रिय एकता, सार्वभौंमिकता र राष्ट्रिय अखण्डतामा सबै नेपाली एक छौं भन्ने स्पस्ट भएको बताए ।  

उनले नक्सा पारित गर्न एक भएजस्तै भूमि फिर्ता ल्याउन पनि सम्पूर्ण नेपालीहरु एक हुने बताए । उनले कुटनीतिक प्रयासबाट भूमि फिर्ता ल्याउन कांग्रेसले विपक्षी दलको हैसियतामा सहयोग गर्ने स्पस्ट पारे । उनले सुगौलीको सन्धी १८१६ अनुसार कालीदेखि पूर्वको भूभाग नेपालको भएके स्पस्ट भएको समेत बताए । यस्तै अंग्रेजले छापेको नक्सामा पनि कालीनदी भनिएको र चाइनिजमा पनि कुटियाङ्दी भन्ने शब्द रहेको र तयसको अर्थ पनि काली नदी भनिने नै रहेकाले काली नदी भन्दा पूर्वको भूभाग नेपालको हो भन्ने स्पस्ट भएको बताए ।  

प्रकाशित: ३१ जेष्ठ २०७७ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App