३ चैत्र २०८१ आइतबार
image/svg+xml ६:२२ पूर्वाह्न
राजनीति

गगनले गरे परराष्ट्र मन्त्रीको तारिफ, ऊर्जा मन्त्रीको आलोचना

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसबाट सरकारमा सामेल मन्त्रीहरूमध्ये पर्यटन मन्त्री बद्री पाण्डे, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र वन मन्त्री ऐनबहादुर शाही ठकुरीको कामको तारिफ गरेका छन्। यस्तै ऊर्जा मन्त्री दीपक खड्काको आलोचना गरेका छन्। 

‘१० औँ लाख हिन्दुहरू नेपाल ल्याउन सक्दै गर्दा तीनको खल्तीमा रहेको दुई पाँच हजार यहाँ खर्च गर्ने बनाउन सकियो भने भगावनको नाममा हाम्रा हजारौँ युवाले रोजगारी पाउँछन्,’शनिवार कांग्रेस सिन्धुली क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै गगनले भने,‘पर्यटन मन्त्री यसमा गम्भीरतापूर्वक काम गर्न चाहिरहनुभएको छ।’ 

यस्तै स्वास्थ्य मन्त्री पौडेल स्वास्थ्य बिमालाई सुधार गरेर लागु गर्न प्रयासरत रहेको गगन थापाले बताए। उनले भने, ‘मेरो पालामा लागु भएको स्वास्थ्य बिमा, जसको सपना के थियो भने कुनै पनि नागरिक जतिसुकै ठुलो रोग लागे पनि, क्यान्सर, मुटुको रोग लागे पनि अस्पतालमा गएर बेडमा सुतिसकेपछि बिमाको कार्ड त्यहाँ बुझाएर २० लाख, ४० लाख जति बिल आए पनि एक रुपैयाँ कसैले तिर्न नपरोस्।’ कसैको घर खेत बेच्न नपरोस् भनेर बिमा योजना सुरु गरेको उनले बताए।

कहिले अमेरिकाले जन्जिर लगाएर पठाइदिन्छ, कहिले अर्को देशले निकालिदिन्छ। कहिलेकाहीँ अकस्मात् पत्ता लाग्छ। कोही मान्छे बिरामी भएर इमरजेन्सीमा नेपाल ल्याउन सकिँदैन ।

कसैले गिटार बजाएर उपचार खर्च उठाउन नपरोस् भन्ने चाहना रहेको उनले सुनाए। ‘नयाँ आउनुभएका स्वास्थ्य मन्त्रीले यसलाई अझ व्यापक बनाएर सुधार गर्नुपर्छ, अझै पैसा बढाउनुपर्छ भनेर कोसिस गरिरहनुभएको छ,’ गगनले भने। 

यस्तै उनले वन मन्त्री ठकुरीले वन र विकासको यति धेरै तितो सम्बन्ध हो भनेर पत्ता लगाउने काम गरिरहेको बताए। ‘हामीलाई वन पनि चाहिएको छ, विकास पनि चाहिएको छ। वन पनि जोगाउने हो, तर विकास पनि गर्ने हो। कसरी काम गर्ने होला भनेर कोसिस गरिराख्नुभएको छ,’ उनले भने । 

त्यसपछि गगनले परराष्ट्र मन्त्री आरजुको कामको प्रसङ्ग निकाले । ‘परराष्ट्र मन्त्रालय उता कुनामा थन्काइएको थियो,’ उनले भने, ‘कुनामा गएर थन्किएको परराष्ट्र मन्त्रालयलाई त्यसबाट झिकेर परराष्ट्र मन्त्रीले। यत्रा हाम्रा मान्छे बाहिर गएका छन्, यति धेरै दुख पाएका छन्। तर, कुन मान्छे कुन देश गएको छ? भन्ने अत्तोपत्तो छैन।’ कहिले अमेरिकाले जन्जिर लगाएर पठाइदिन्छ, कहिले अर्को देशले निकालिदिन्छ। कहिलेकाहीँ अकस्मात् पत्ता लाग्छ। कोही मान्छे बिरामी भएर इमरजेन्सीमा नेपाल ल्याउन सकिँदैन । ‘त्यसैले अहिले परराष्ट्र मन्त्रालय अहिले कोसिस गरिरहेको छ। नेपालीहरू को कहाँ गएका छन्? कम्तीमा तिनको जानकारी राख्ने काम भइरहेको छ,’ गगनले भने। 

त्यसपछि उनी ऊर्जा मन्त्री खड्कामाथि खनिए। ‘हामी भर्खर सुनिरहेका छौँ, हामीलाई दुःख लाग्छ। ५० वटा राम्रो काम गरे पनि एउटा नराम्रो कामको हल्लाले सबै काम छोपिन्छ,’ उनले भने,‘हामी अहिले सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयमा ।’ 

पार्टीबाट सरकारमा गएका नेताहरूले राम्रो काम गर्दा त्यसको चर्चा बाहिर रहेका बाँकी नेताले गर्ने उनले बताए। उनले भने, ‘हामीले साथीहरूलाई आग्रह गर्छौँ तपाईँ काम गर्नुस्, काम गर्नुस्। चर्चा हामीलाई गर्न दिनुस्।’ सकेसम्म राम्रो गर्न र नसके नराम्रो नगर्न पनि सँगै उनले आग्रह गरे। 

त्यसपछि उनी ऊर्जा मन्त्री खड्कामाथि खनिए। ‘हामी भर्खर सुनिरहेका छौँ, हामीलाई दुःख लाग्छ। ५० वटा राम्रो काम गरे पनि एउटा नराम्रो कामको हल्लाले सबै काम छोपिन्छ,’ उनले भने,‘हामी अहिले सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयमा ।’ 

ऊर्जा मन्त्रालयमा अन्तर्गत रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रसङ्ग आफूले बुझ्न नसकेको गगनले सुनाए।

‘मैले बुझ्न सकिरहेको छैन। बदनियत हो कि ढंग नपुगेको बेढंग हो,’ उनले भने। तीन चार महिनामा सेवा निवृत्त हुने कर्मचारीलाई हटाउन लागेको विषयमा उनले असन्तुष्टि जनाए। उनले भने, ‘तीन चार महिनामा सेवा निवृत्त भइसकेपछि एउटा राम्रो मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने । सरकार नै एउटा व्यक्तिको पछाडि लागिरहेको जस्तो देखिन्छ।’ किचकिच गरिरहेको जस्तो देखिएको उनले बताए। यस्ता कुरा ठिक र उपयुक्त नहुने उनले बताए। 

‘यस्ता नचाइने काममा कोही मन्त्रीहरू लाग्नुहुन्न। मन्त्रीहरू नचाइने काममा लागे त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको हो,’ गगनले भने। प्रधानमन्त्रीले सरकारको मुख्य व्यक्ति भएकाले त्यसले राम्रो कामको श्रेय पाउने र नराम्रो कामको अपजस लिनुपर्ने उनले बताए। 

आफू सांसदहरू बाहिरबाट सहयोग मात्रै गर्नसक्ने उनले बताए।‘हाम्रो चाहना सरकारले राम्रो काम गरिदेओस् भन्ने हो।

प्रकाशित: २४ फाल्गुन २०८१ १७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App