१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले संसदमा भन्योः अमेरिकी भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय होइन

उपसभामुख इन्दिरा राना मगरले असम्बन्धित व्यक्तिलाई अमेरिकी भिसाका लागि गरेको सिफारिसविरुद्ध प्रतिनिधिसभामा कुरा उठेको छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आइतबारको बैठकमा यो कुरा उठाएका हुन्।

‘संसदसँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाको भिसाको अन्तर्वार्ता लागि उपसभामुखलाई प्रयोग गरिएको छ,’ सांसद खतिवडाले भने, ‘यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउन्न रु’ उनले यस विषयमा छानबिन हुनुपर्ने पनि माग गरे।

‘कल्ले के कुन प्रयोजनका लागि प्रयोग भयो रु यो जनताले थाहा पाउनुपर्छ। प्रतिरक्षाको तुरुप देखाएर जग हसाउनुभन्दा संसदबाट बाहिर बसेर छानबिन गर्न दिनुस्,’ उनले भने।

यस्तै सांसद खतिवडाले  भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय हुन नसक्ने बताए।

प्रकाशित: ६ श्रावण २०८१ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App