२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ: एमाले

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसद्‌मा मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीबार संसद् अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहारको प्रयास गरेको उल्लेख गर्दै उनले कांग्रेसले संसद्‌मा उद्दण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गरेका हुन्।

शनिबार काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसद्‌मा उद्दण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको बताए।

उनले संसद्‌मा कांग्रेसले सत्तापक्षको आशनमा आएर गरिएको दुर्व्यवहारको जति निन्दा गरे पनि कम हुने उल्लेख गरे।

प्रमुख सचेतक बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसद्ले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्क समेत गरे।

प्रकाशित: ५ जेष्ठ २०८१ १८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App