३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनमत पार्टीको सचिवालय बैठक सुरु

समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ।

पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकका मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए।

बैठकमा भोलि सोमवारदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल भइरहेको जनमतले जनाएको छ।

बैठकमा सङ्गठन विस्तार, वडा अधिवेशनको समीक्षा तथा मधेस प्रदेश सरकारबाट पार्टी बाहिरिएपछिको परिस्थिति, उपनिर्वाचनलगायत विषयमा पनि छलफल हुने प्रवक्ता यादवले बताए।

प्रकाशित: २१ माघ २०८० १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App