३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाको सचिवालय बैठक बस्दै, नयाँ केन्द्रीय सदस्यको शपथ ग्रहण आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज नयाँ थपिएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउन लागेको छ।

महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई आज दिउँसो साढे तीन बजे एक कार्यक्रमकाबीच शपथ गराउने कार्यक्रम रहेको छ।

यस्तै रास्वपाको सचिवालय बैठक आज बस्दै छ। साँझ पाँच बजेका लागि बोलाइएको सचिवालय बैठकमा सबै प्रदेशमा गर्ने भनिएको प्रशिक्षण र अन्तरक्रिया कार्यक्रममा पदाधिकारी तथा केन्द्रीय सदस्य परिचालनलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २० मंसिर २०८० ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App