१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिकता विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार होः उपाध्यक्ष नेम्वाङ

नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदमाथिको नांगो प्रहार भएको बताएका छन।

उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुनु जनताको अधिकारमाथि र संसदमाथि नांगो प्रहार भएको बताएका हुन। उनले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधान, कानून, स्थापित अभ्यास र संसदीय परिपाटीले नचिनेको बाटो हिँड्ने काम भएको टिप्पणी गरे।

उनले संसदलाई छेउ पार्ने काम गरिएको भन्दै यस्तो गर्नु गलत भएको बताए। उपाध्यक्ष नेम्वाङले अघिल्लो प्रतिनिधि सभाको कार्यकालमै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रमाणीकरणका लागि पेस हुँदा समेत १५ दिनभित्र प्रमाणीकरण नगरेको उल्लेख गर्दै विधेयक उति बेलै निष्क्रिय भएको बताए।

निष्क्रिय भएको विधेयकलाई मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि सिफारिस गर्न नमिल्ने उनको तर्क छ। त्यस्तै नयाँ प्रतिनिधि सभा समेत आइसकेको अवस्थामा संसदबाट सभामुख र राष्ट्रिय सभा अध्यक्षले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्थाको समेत उल्लंघन भएको उनले बताए।

उपाध्यक्ष नेम्वाङले नागरिकता प्रमाणिकरणको विषयलाई लिएर एमाले जनताको जाने पनि बताए। यो विषय संसदमा पनि उठाउने उनले धारणा राखे । नेम्वाङले यो विषयले अदालतमा प्रवेश पाउनसक्ने संकेत समेत गरे।

उपाध्यक्ष नेम्वाङले देशमाथि सबैतिरबाट प्रहारहरू भइराखेको उल्लेख गर्दै यस्तो अवस्थामा सबै राजनीतिक दलहरुको बिचमा राष्ट्रिय विषयहरुमा एकताको आवश्यकता रहेको बताए।

प्रकाशित: १८ जेष्ठ २०८० ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App