१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानले रुसलाई हतियार नपठाएको दाबी

इरानले रुसलाई हतियार नपठाएको स्पष्ट गरेको छ। इरानका विदेशमन्त्रीले सो कुरा बताएका हुन्।

रुस र युक्रेनको द्वन्द्वको सङ्कटका बेलामा इरानले रुसलाई हतियार सहयोग गरेको सूचना आएको थियो। सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतिपार नपठाएको इरानले स्पष्ट गरेको हो।  

 इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनले उनका फिनिस समकक्षीसँगको फोन वार्ताका क्रममा सो कुराको जानकारी गराएका हुन्। अब्दुल्लाहले आफ्ना फिनिस समकक्षी पेका हाभिस्तोसँग रुस युक्रेन युद्धका क्रममा इरानले रुसलाई हतियार दिएको छैन र आगामी दिनमा पनि इरानले रुसलाई हतियार पठाउने कुनै पनि योजना छैन भनेको इरानी विदेश मन्त्रालयले जनाएको छ।

युक्रेनले यसअघि पनि रुसलाई इरानले हतियार पठाएको बताउँदै आएको थियो। हालैमात्र पनि युक्रेनका विदेशमन्त्रीले इरानको यो व्यवहार युक्रेनसँगको सत्रुतापूर्ण व्यवहार रहेको बताएका थिए।

यस वर्षको सुरुआतदेखि रुसले युक्रेनमाथि हमला गर्दै आएको छ। सो हमलाको पश्चिमा देशहरुले कडा विरोध गरेका छन्। अमेरिका, बेलायत, फ्रान्स लगायतका देशले रुसको सो कार्यको विरोध गरेका हुन्।  

प्रकाशित: २२ आश्विन २०७९ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App