१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले रकेट प्रहार गरेको अफगान सेनाको भनाई

पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको छ।  

सो आक्रमणका क्रममा अरु कम्तीमा पनि ७० जना सर्वसाधारण पनि घाइते भएका र घाइते मध्ये कैयौको अवस्था गम्भीर भएकाले मृतक संख्या बढ्न सक्ने पनि  अनुमान गरिएको छ ।  

दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तको एक नगरमा पाकिस्तानी सेनाले रकेट  प्रहार गरेको अफगान सेनाले जानकारी दिएको छ।  

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको स्पिन बोल्दाक जिल्लामा पाकिस्तानी र अफगानी सुरक्षा फौजका बीचमा शुक्रबार दिनभर जसो भिडन्त भएको थियो।  

सो भिडन्तपछि शुक्रबार साँझपख पाकिस्तानी सेनाले सो जिल्लालाइ लक्ष्य गरेर भारी मात्रामा रकेटकहरुले सो हमला गरेको अफगान सेनाको भनाई रहेको छ।  

उक्त हमलापछि शुक्रबार रातिसम्ममा १५ जना सर्वसाधारणको ज्यान गएको र अरु कम्तीमा पनि ७० जना सर्वसाधारण नराम्ररी घाइते भएका अफगान सेनाले जानकारी दिएको छ।  

सो जिल्लामा सर्वासाधारण नागरिकहरु बाटो हिँडिरहेको मौकामा पाकिस्तानी पक्षबाट अकस्मात रकेटहरु प्रहार भएका थिए।  

यो हमलाबाट बाटो हिँडेका सर्वसाधारण नागरिक नै शिकार भएका छन्। जसका कारण सो जिल्लामा शुक्रबार राति पनि त्रास फैलिएको अफगानिस्तानको उक्त प्रान्तका सुरक्षा अधिकारीहरुले स्थानीय मिडियालाई जानकारी दिएका छन्।

यी दुई देशको सीमा क्षेत्रमा के कति क्षति भएको छ भन्ने बारेमा भने केही खबर आएको छैन। अफगानिस्तानका सुरक्षाकर्मी र पाकिस्तानका सुरक्षाकर्मीहरु सीमा क्षेत्रमा पनि एक अर्कालाई हमला गर्ने गरी तयारी अवस्थामा बसिरहेका पनि अधिकारीहरुले जानकारी दिएका छन्।

प्रकाशित: १७ श्रावण २०७७ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App