१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राहुल गान्धीको पुनरावेदन खारेज

मानहानी मुद्दामा दोषी ठहरिएका  भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ।प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो।

अदालतको आदेशसँगै नेता गान्धीले सांसद पद गुमाएका थिए।सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गान्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए। यद्यपि उनको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन।

अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्नुहुने उनको दलका नेताहरूले बताएका छन्।दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको बताइएको छ।

प्रकाशित: ७ वैशाख २०८० ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App