८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

थप दुई हजार ५२६ जनामा संक्रमण, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२६ जना कोभिड १९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ वटा नमुनामा परीक्षण गर्दा साढे दुई हजार बढीमा संक्रमण पुष्टि भएको हो।

६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जन संक्रमणमुक्त भएका छन्। हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन्। ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन्। जसमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाउको छ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ। यस्तै मृत्‍यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ भने ८ लाख ९५ हजार ८६८ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: २१ माघ २०७८ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App