३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणबाट भेरीमा २६ वर्षीय युवकको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पताल शुक्रबार(आज) थप एक जना संक्रमितको मृत्यु भएको छ। रामारोशन गाउँपालिका वडा नम्बर १ अछामका २६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।  

अछाममा गत भदौं ३० गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो। त्यसपछि असोज २ गते भेरी अस्पतालमा आएर उनी भर्ना भएका थिए।  

स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि शुक्रबार आज बिहान १० बजेतिर उनको मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै फोकल पर्सन ओलीले बताए। 

यो सँगै कोरोना संक्रमणबाट उपचारका लागि जिल्ला बाहिरबाट बाँके आएका ४ सय १७ जनाको मृत्यु भएको छ। यस्तै बाँकेका ३ सय ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

प्रकाशित: ८ आश्विन २०७८ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App