३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ३ सय ८७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्।  १ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८३ र ६ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर र धनकुटामा २–२, ओखलढुङ्गा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।

झापाको दमकमा २२, विर्तामोडमा २०, बुद्धशान्ति र कनकाईमा ९–९, गौरादहमा ८, मेचीनगरमा ७, भद्रपुर र अर्जुनधारामा ६–६, शिवसताक्षीमा ५,  बाह्रदशी र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको इटहरीमा ६४, धरानमा १६, रामधुनीमा ५, बराहक्षेत्रमा ४, इनरुवामा २, दुहवी, हरिनगर र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ।  

मोरङको विराटनगरमा ४३, सुन्दहरैचामा १०, केराबारीमा ७,  उर्लाबारीमा ६, लेटाङमा ३, बुढीगंगा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रतुवामाईमा १ जनामा संक्रमण देखिएको छ। इलामको इलाम नगरपालिकामा ३, रोङमा २, संखुवासभाको मकालु, खाँदबारी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ। भोजपुरको भोजपुर नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिकामा २, ओखलढुङ्गाको सिद्धिचरण, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलबार ३ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ९३ महिला र २ सय  पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र पुरुष १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ भाद्र २०७८ १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App