९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा अक्सिजन प्लान्ट स्थापनाका लागि एकैदिन ३० लाख संकलन

भक्तपुरमा अक्सिजन प्लान्ट स्थापनाका लागि एकै दिन ३० लाख रुपैयाँ संकलन भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरका कारण अक्सिजनको अभाव भइरहेको बाध्यतालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाले स्थापना गर्न लागेको प्लान्टका लागि एकैदिन ३० लाख रुपैयाँ संकलन भएको हो।

भक्तपुर नगरपालिकाले स्थापना गर्न लागेको प्लान्टका लागि सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था र भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले १०/१० लाख, संगम बचत तथा ऋण सहकारी संस्थाले ५ लाख, बाराही बचत तथा ऋण सहकारी संस्थाले ४ लाख र जिल्ला बचत तथा ऋण सहकारी संघले १ लाख रुपैयाँ सहयोग गरेको नगरपालिकाले जनाएको छ।  

कोरोना संक्रमितहरुले अकालमा ज्यान गुमाइरहेको सन्दर्भमा भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रण र रोकथाम गर्न तथा संक्रमितहरुको उपचारमा अक्सिजन अभाव हुन नदिन ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने कार्यमा नगर क्षेत्रभित्र कृयाशील सहकारी संस्थाहरु समेतको सहयोग आव्हान गरेपछि सहयोग जुटेको भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले बताए।

प्रकाशित: ९ जेष्ठ २०७८ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App