९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
शिक्षा

भौतिक उपस्थितिमा विद्यालय खुलाउन माग

संस्थागत विद्यालय संघ नेपाल (इसान) ले शिक्षक  र विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसग माग गरेको छ। 

सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोपको सुनिश्चितता गर्न पनि इसानले माग गरेको छ। इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेका हुन्। ‘सिसिएमसीले स्थानीय तहहरूले आफ्नो मातहतमा  रहेका शैक्षिक संस्थाहरूमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वयन गरी भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने वातावरण मिलाउन सक्ने परिपत्र जारी गरेको छ। 

परिपत्रअनुसार स्वास्थ्य सुरक्षाका आवश्यक आवश्यक मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन हामी नेपाल सरकारसँग माग गर्छौ,’ विज्ञप्तिमा छ। २०७६ चैतदेखि हालसम्म कोभिडका कारण विद्यालयका यातायातका साधन सञ्चालनमा नआएको हुनाले यातायात कर, धुवाँपास कर, बिलबुक नवीकरण दस्तुर छुट  र बिमा नवीकरण अवधि थप तथा गाडी नचलेको अवधिलाई शून्य कायम गरी बैंक तथा वित्तीय संस्थाबाट विद्यालयले गाडी किन्न लिएको ऋणमा व्याज मिनाहा गरी दिन पनि इसानले सरकारसँग माग गरेको छ।

प्रकाशित: २ आश्विन २०७८ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App