१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

 महालक्ष्मी विकास बैंकले अपोलो डाइग्नोस्टिक सेन्टरसँग व्यावसायिक सम्झौता गरेको छ।स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ बैंकले धुम्बाराहीस्थित अपोलो डाइग्नोस्टिक सेन्टरसँग  सम्झौता गरेको हो।

सम्झौता पश्चात बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सो संस्थाका विभिन्न स्वास्थ्य सेवाहरूमा छुट प्राप्त गर्नेछन् । जसअन्तर्गत हेल्थ प्याकेजहरू र रूटिन टेष्टमा २५ प्रतिशत, आउटसोर्स टेष्टमा १० प्रतिशत, कोभिड १९– आरटी– पिसिआर टेष्टमा हजार रुपैयाँ र कोभिड १९– ¥यापिड एन्टिजेन टेष्टमा सात सय ५० रुपैयाँ छुट रहेको छ।

यस सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास बैंकको छ।

प्रकाशित: १८ पुस २०८० १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App