२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

मेटलाइफ एसियाका क्षेत्रीय अध्यक्षको नेपाल भ्रमण

मेटलाइफ नेपालले एसियाका लागि क्षेत्रीय प्रेसिडेन्ट लिन्डन ओलिभर, क्षेत्रीय प्रमुख एलिना बुटारोभा, र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ।

ओलिभर एसियाका लागि क्षेत्रीय प्रेसिडेन्ट हुन्। बुटारोभा बंगलादेश, मलेसिया, नेपाल र भियतनामस्थित मेटलाइफ कार्यालयका लागि क्षेत्रीय प्रमुख हुन् भने भाट मेटलाइफ एसियाका प्रमुख वित्तीय अधिकृत हुन्।

नोभेम्बर २९ मा गरिएको एक दिने भ्रमणको क्रममा ओलिभरले कर्मचारी र अभिकर्ताहरूसँग भेटघाट गरेका थिए। भेटघाट कार्यक्रमले मेटलाइफका सबै सरोकारवालालाई थप विश्वस्त भविष्य निर्माण गर्न मदत पुग्ने विश्वास कम्पनीले राखेको बताएको छ। ओलिभर जुलाई २०२२ देखि क्षेत्रीय अध्यक्षसमेत भएको कम्पनीले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०८० ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App