३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिप्रदीको रिटेलर्स मिट र टाटा गुरु सम्मान

सिप्रदी अटो पार्टस्ले काठमाडौं उपत्यकाभित्रका रिटेलर्स मिट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ।

टाटालाई टाटा नै सही भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सम्बोधन गर्दै सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक हुन सफल भएको बताए।सिप्रदीले सबै रिटेलर्स, मेकानिक्स र ग्रहकलाई सँगै लिएर हिँडिरहेको पनि बताए ।

सिप्रदीले प्राविधिकहरूलाई आधुनिक प्रविधिबारे तालिम उपलब्ध गराइरहेको जानकरी गराउँदै हालसालै तीन दिन तालिम लिएका पच्चीस जना प्राविधिकलाई प्रमाणपत्र वितरण गरी सम्मान गरेका छन्।

कार्यक्रममा खुद्रा बिक्रेताहरूको वित्तीय व्यवस्थापनको लागि सिप्रदीले नबिल बैंक र नयाँ प्रविधिसँग अभ्यस्त हुन डायनामिक टेक्नोसफ्टसँग सम्झौता गरी ईआरपी सफ्टवेयर प्रदान गर्न लागेको जानकारी गराएको छ।

कार्यक्रममा टाटा वफादारी कार्यक्रम अन्तर्गत टाटा गुरु दिपक महर्जनले डियो स्कुटर उपहार प्राप्त गरेका छन् भने आइफोन १४ प्रो दुई जनाले, एलइडी टेलिभिजन दुई जनाले रअन्य धेरैले उपहार प्राप्त गरेका थिए ।

प्रकाशित: २६ भाद्र २०८० ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App