१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रतिस्पर्धाबाटै बोर्डमा प्रवेश गरेको गौतमको दाबी

नक्कली कागजात पेस गरेर सेवा प्रवेश गरेको आरोप लागेका पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले आफूले प्रचलित नियम, कानुन अनुसार नै नियुक्ति लिएको दाबी गरेका छन्। गौतमले बोर्डमा सेवा प्रवेश गर्दा कञ्चन ट्राभल्स एण्ड टुर्स प्रालि काठमाडौं दर्ता नहुँदैदेखि काम गरेको अनुभव पेस गरेको विषयमा नागरिक दैनिकमा समाचार  प्रकाशित भएपछि खण्डन पठाउँदै यस्तो दाबी गरेका हुन्।

पर्यटन बोर्डको ऐन, नियम र विनियमबमोजिम बोर्डद्वार ा गठित पदपूर्ति उपसमितिले आवेदकहरूको पर्यटनक्षेत्रमा रहेको अनुभवलाई वैधानिक एवं सान्दर्भिक ठहर्‍याएर खुला प्रतिस्पर्धाबाट आफू छनोट भएको गौतमको दाबी छ। लिखित परीक्षा, समूह छलफल र मौखिक अन्तर्वार्तामा उत्कृष्ट भई  आफू सिफारिस भएर  नियुक्ति लिएको बताएका छन्। गौतमले धवलागिरी प्राविधिक शिक्षालय, कञ्चन टुर्स एण्ड ट्राभल्समा काम गरेर अनुभव पुगेको दाबी गरेका छन्।

पर्यटन बोर्डको कर्मचारी सेवा विनियमावली, २०६४ को विनियम ६ को उपविनियम (३) को (ङ) मा प्रबन्धक स्तरको पदका लागि सरकारबाट मान्यता प्राप्त विश्वविद्यालय वा सो सरहको अन्य शिक्षण संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा कम्तिमा पाँच वर्ष अनुभव प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार गौतमले बोर्डको नियुक्ति लिनको लागि आवेदन दिँदा कञ्चन ट्राभल्स एण्ड टुर्स प्रालिबाट अनुभव पत्र पेस गरेका थिए।

गौतमले कन्चन ट्राभल्समा २०५६ पुस १८ गतेदेखि काम गरेको अनुभवको पत्र पेश गरेका थिए तर कम्पनी रजिष्ट्रार कार्यालयको अभिलेख अनुसार कन्चन ट्राभल्स एण्ड टुर्स प्रालि २०५७ भदौ २१ गते मात्र दर्ता भएको छ। गौतमले कम्पनी स्थापना नहुँदैदेखि काम गरेको अनुभव पत्र पेश गरेको प्रमाणका आधार मा नागरिक दैनिकमा समाचार प्रकाशित भएको थियो।

प्रकाशित: १८ भाद्र २०८० ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App