१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले नियमित उडान गर्ने

फाइल तस्वीर

नेपाल वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ। निगमले सार्वजनिक गरेको उडान तालिका अनुसार काठमाडौं -क्वालालम्पूर-भैरहवा-काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको छ।

भैरहवाबाट हाल निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको मागअनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहल रहेको निगमले जनाएको छ।

निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमा सटल बसको समेत व्यवस्था गर्ने भएको छ। यसपछि यात्रुले निगमको जहाजबाट काठमाडौदेखि जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौं वा भैरहवासम्मको टिकट लिई यात्रा गर्न सक्ने निगमले जनाएको छ। यसबाट यात्रुलाई थप सुविधा पुग्ने विश्वास निगमले लिएको छ।

प्रकाशित: ५ जेष्ठ २०८० ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App