११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकको मनी सप्ताह सम्पन्न

एभरेष्ट बैंकले चैत ६ गतेदेखि १२ गतेसम्म ग्लोबल मनी सप्ताह मनाएको छ। बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी सप्ताह मनाएको हो।

कार्यक्रमबाट युवा अवस्थादेखि नै पैसा बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न सिक्न, भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्‍याउने मदत गर्ने विश्वास बैंकले लिएको छ।

आम नागरिकमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने अपेक्षा गरिएको छ।

प्रकाशित: १३ चैत्र २०७९ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App