११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिन्धु बैंकको तेह्रौं वार्षिक साधारणसभा

सिन्धु विकास बैंकको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाले आव ०७८/०७९ को वार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरू पारित गरेको छ। साथै बैंकको संस्थापक सेयर धनीको तर्फबाट आगामी ४ वर्षको लागी सञ्चालकहरूमा राजेन्द्रकुमार श्रेष्ठ, निभा डंगोल तथा कर्मचारी सञ्चयकोषका तर्फबाट प्रतिनिधित्व गर्ने गरी दिनेशकुमार केसी निर्वाचित भएका छन्।

सोही दिन सम्पन्न सञ्चालक समितिको बैठकद्वारा बैंकका अध्यक्ष पदमा आगामी ४ वर्षका लागि राजेन्द्रकुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको समेत बैंकले जनाएको छ।

बैंकले आगामी दिनमा बागमती प्रदेशकै उत्कृष्ट विकास बैंकका रूपमा स्थापित गर्ने र अग्रणी विकास बैंकको रूपमा सिन्धु विकास बैंकलाई स्थापित गर्ने लक्ष्य लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले बताएका छन्।  

प्रकाशित: २९ माघ २०७९ ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App