१६ वैशाख २०८१ आइतबार
image/svg+xml

इलाम २ः मतगणनाका लागि सर्वदलीय/सर्वपक्षीय बैठक जारी

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य तर्फको मतगणना सुरु गर्ने विषयमा सर्वपक्षीय सर्वदलीय बैठक अहिले जारी छ।

काभ्रेमा केही पालिकामा मतगणना सुरु

शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ। अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिकासहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ।

दाङका गाउँपालिकाहरूमा मतगणना जारी

दाङका १० मध्ये केही स्थानीय तहको मतगणना अहिले भैरहेको छ। अहिले गाउँपालिकाहरूको मात्रै मतगणना भैरहेको छ।

ताप्लेजुङमा मतगणना सुरु

स्थानीय तहको निर्वाचन अन्तर्गत ताप्लेजुङका दुई पालिकामा सुरु भएको मतगणनाको प्रारम्भिक नतीजामा गठबन्धन र एमालेले १–१ स्थानमा सुरुआती अग्रता लिएका छन्।

मोरङमा मतगणना सुरु: कानेपोखरीमा एमालेको अग्रता

मोरङमा मत गणना सुरु भएको छ। मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता लिएको छ। प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्