मोरङमा मत गणना सुरु भएको छ। मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता लिएको छ। प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ।
८ सय मत गणना गर्दा एमालेकी राजमति इङनाम ३ सय १ मत ल्याएर अगाडि छिन्। कांग्रेसका सञ्जय भट्टराईले १८४ र माओवादीका सूर्य धिमालले १२९ मत ल्याएका छन्।
एमालेका उपाध्यक्ष उम्मेदवार भोला अधिकारिले ३१८ मत ल्याएका छन्। कांग्रेसका मनु गुरुङले २२८ र माओवादीकी तारा ओझाले २३८ मत ल्याएकी छिन्।
कुल ७ वटा वडा रहेको कानेपोखरीमा ६६.७६ प्रतिशत मतदान भएको छ। ३४०४५ मतदाता रहेको कानेपोखरीमा २२७३१ मतदान भएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए।
प्रकाशित: ३१ वैशाख २०७९ ०१:२३ शनिबार