१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा मतगणना सुरु

गठबन्धन र एमालेको एकएक स्थानमा सुरुआती अग्रता

स्थानीय तहको निर्वाचन अन्तर्गत ताप्लेजुङका दुई पालिकामा सुरु भएको मतगणनाको प्रारम्भिक नतीजामा गठबन्धन र एमालेले १–१ स्थानमा सुरुआती अग्रता लिएका छन्।

मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा खसेको ८ सय ३३ मतमध्ये ७ सय मत गणना हुँदा एमाले उम्मेदवार केदारजंग लिम्बूले ३ सय ५४ र कांग्रेस उम्मेदवार डम्बर हाङ्गामको ३ सय ११ मत रहेको छ। उपाध्यक्षमा गठबन्धन पक्षका नेकपा एसका उम्मेदवार दुर्गाहाङ लिम्बूको २ सय ७० तथा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाको २ सय ४४ मत रहेको छ। त्यहाँ वडामा एमालेले अग्रता लिएको छ।

यस्तै आठराई त्रिवेणी गाउँपालिका वडा नं ५ बाट सुरु भएको आठराई त्रिवेणी गाउँपालिकाको मतगणनमा गठबन्धनकातर्फबाट कांग्रेस उम्मेदवार विश्वनाथ सिटौलाको ६० र एमाले उम्मेदवार दीपेन पोमूको २५ मत रहेको छ। उपाध्यक्षमा गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवार प्रजीन हाङ्वाङको ६३ र एमाले उम्मेदवार शान्ता आङ्वोहाङको २५ मत रहेको छ। आठराई त्रिवेणी गाउँपालिका वडा नं ५ मा गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App