१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भीम चापागाईं


भीम चापागाईंका लेखहरु :

इलाम-२ : मतगणना सम्भवतः आजै रातिदेखि

आज (शनिबार) इलाम क्षेत्र-२ मा भइरहेको उपनिर्वाचनको मतगणना सम्भवतः आजै राति सुरु हुनेछ। मतदानपछि सबै मतपेटिका सदरमुकाममा संकलन भएपछि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतपेटिका संकलन र भण्डारणबारे छलफल

शनिबार भइरहेको इलाम क्षेत्र २ को उपनिर्वाचनमा मतदान, मतपेटिका संकलन र भण्डारण गर्ने प्रक्रियाबारे विभिन्न निर्णय गरिएको छ।

इलाम क्षेत्र २ मा उपनिर्वाचन आज, प्रतिस्पर्धामा १९ उम्मेदवार

आज इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनको सबै तयारी पूरा भई ७ बजे मतदान सुरु हुने छ।

उपनिर्वाचन: धमाधम तयार हुँदै मतदान केन्द्र

वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुगेर तयारी थालेका छन्। उनीहरूले मतदान स्थलको घेराबारा, मतदातालाई राखिने (लाइन राख्ने) ठाउँलगायत तयार गरिरहेका छन्।

पहिचान पक्षधरका गतिविधिले उपनिर्वाचनमा ‘थ्रेट’

इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उपनिर्वाचनमा पहिचान पक्षधरबाट हुनसक्ने सम्भावित गतिविधिलाई सुरक्षा निकायले मुख्य सुरक्षा चुनौती (थ्रेट)का रूपमा लिएको छ।

उपनिर्वाचनको दिन इलाममा सवारी साधन नचल्ने

इलाम क्षेत्र-२ मा उपनिर्वाचन हुने दिन वैशाख १५ गते मेची राजमार्गसहित जिल्लाभरको यातायात बन्द गरिने भएको छ।

राष्ट्रिय पहिचान स्थापित भएपछि आ–आफ्नो पहिचान स्थापित हुन्छ: ओली

इलामको चुलाचुली गाउँपालिकामा आज (बुधबार) आयोजित चुनावी सभामा बोल्दै ओलीले जातका कुरा गर्दा कसैको पनि बहुमत नआउने बताए। ‘जातीय संकीर्णताका कुरा गरेर बहुमत आउने होइन,’ उनले भने, ‘यो देशमा कुनै जातिको बहुमत छैन, सबै मिलेमात्र बहुमत आउन सक्छ।’

प्रचारको अन्तिम दिन: ‘फिनिसिङ टच’ मा दल र उम्मेदवार

आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि दल र उम्मेदवार मतदातालाई आफ्नो पक्षमा ल्याउन फिनिसिङ टच (अन्तिम धक्का) दिँदै छन्।

मतदान केन्द्र पठाइँदै सियोदेखि सलाईसम्म

इलाम क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि मतदान केन्द्रसम्म सामग्री पठाइँदै छ। सियोदेखि सलाईसम्म ४२ प्रकारका सामग्री मतदान केन्द्रमा प्रयोग गरिँदै छ।

इलाममा धुइरिए ‘इलेक्सन टुरिस्ट’

इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै जिल्लामा ‘इलेक्सन टुरिस्ट’ को चहलपहल बढेको छ। मतदाता नै नभएका व्यक्ति जिल्ला बाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटलहरू भरिन थालेका छन्।

दुर्गा प्रसाईंको ‘नो भोट’ मा प्रशासनको ‘नो कमेन्ट’!

इलाम क्षेत्र २ मा यहि वैशाख १५ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी वैशाख ६ मा इलाम चोक बजारमा ‘नो भोट अभियान’को आमसभा चल्यो। आमसभामा सयौं सहभागी भए। र, प्रायः सबै वक्ताले आफ्नो भाषणमा नछुुटाइ भने–‘नो भोट, नो भोट, नो भोट।’

‘देश सम्हाल्ने शक्ति चाहिएको छ’

नेपाली कांग्रेस महामन्त्रीपाले देशलाई सम्हाल्ने शक्ति चाहिएको बताएका छन्। उनले सबैको पहिचानलाई सम्हाल्नेगरी नेतृत्व इलाम क्षेत्र २ को निर्वाचनले खोजेको पनि बताए।

भाषण मात्र गर्नेलाई होइन, काम गर्नेलाई जिताउनुहोस्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भाषण मात्र होइन, काम गर्ने व्यक्तिलाई मतदाताले चुनेर पठाउनुपर्ने बताएका छन्।

एमाले उम्मेदवार सुहाङको यस्तो छ ‘सुहाङ संकल्प’

आउँदो १५ गते हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।

उपनिर्वाचन सम्मुखमा इलाम केन्द्रित हुँदै शीर्ष नेता

इलाम २ को उपनिर्वाचन नजिकिँदै जाँदा शीर्ष नेता इलामकेन्द्रित भएका छन्। विभिन्न पार्टीका शीर्षनेता तथा देशकै पूर्वकार्यकारी प्रमुखहरूसमेत आफ्ना उम्मेदवार जिताउन इलाम २ मा दिनहुँ आइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्