२० वैशाख २०८१ बिहीबार
image/svg+xml

अनिश्चित बन्दै पोखराको हवाई उडान

वायु प्रदूषणले भिजिविलिटी अपुग हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अझै अवरुद्ध छ। पोखराको वायुमण्डलमा रहेको बाक्लो तुवाँलो तत्काल हट्ने अवस्था नदेखिँदा हवाई उडान अझै अनिश्चित बन्दै गएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भनाई छ। पछिल्लो पाँचदिन अवधिमा गत आइतबार मात्र मध्यान्हपछि विमानस्थल खुलेर केही उडान भएपनि त्यसपछि पनि विमानस्थल खुल्न सकेको छैन। सोमबार र मंगलबार पनि विमानस्थल खुल्न सकेन

प्रतिकूल मौसमले एयर चाइनाको जहाज डाइभर्ट, कतिपय होल्डमा

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारी दिएका छन्।

जहाज नउड्ने अन्तर्राष्ट्रिय विमानस्थल

सरकारले गौतमबुद्ध र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गराउन नसक्दा पर्यटन क्षेत्र समस्याग्रस्त बनेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व संकलन ११ अर्ब बढी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आर्थिक वर्ष २०७९-८० मा ११ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ।

नेपालगन्ज–जनकपुर सिधा हवाई उडानकाे तयारी

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाईन्सले चार्टर उडान गर्ने तयारी गरेको छ।

फेला पर्‍यो विमानको हराइरहेको भाग

१७१ जना यात्रु सवार जहाजको हराएको भाग बब नामक एक शिक्षकको यार्डमा फेला परेको अनुसन्धान गरिरहेको टोलीले बताएको छ।

कुहिरोले घेरेको तराई (तस्बिरसहित)

तराईमा पछिल्लो केहि दिनदेखि बढेको जाडोका कारण जनजीवन प्रभावित बनेको छ। पछिल्लो ३ दिनदेखि तराईका अधिकांश क्षेत्रमा शितलहर सुरु भएको हो।

पोखराको हवाई उडानमा तीन घण्टा बढी ढिला

पछिल्लो केहीदिनदेखि पोखराको हवाई उडानमा मौसमी अवरोध सिर्जना हुन थालेको छ। जसले गर्दा बिहानका अधिकांश उडान अवरुद्ध हुने गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बिहानको समयमा बाक्लो हुस्सु लाग्ने गर्दा उडानमा अवरोध आउने गरेको हवाई कम्पनिका पदाधिकारी बताउँछन्।

हवाई उडानमा नेपाल ईयुको कालोसूचीबाट हटेन

नेपाल सरकारले पटक–पटक प्रयास गरे पनि नेपाल युरोपियन युनियनको उडान सम्बन्धी कालो सूचीबाट हट्न सकेन। युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायुसेवा कम्पनीलाई कालो सूचीबाट हटाउन नमानेको हो।

पर्यटन व्यावसायी भन्छनः रोकिएका आन्तरिक हवाई उडान सुरु गरौं

पोखरा बिराटनगर, भद्रपुर, जनकपुर र सिमराका लागि सुरु भएका आन्तरिक हवाई उडान पर्याप्त यात्रु नभएको भन्दै रोकिएका थिए। पोखरालाई जोड्नेगरि ती रुटमा पुन हवाई उडान सुरु हुने हो भने त्यसले पोखरामा थप आन्तरिक पाहुनाको चलायमान बनाउन सघाउने व्यावसायीको भनाई छ।

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ। लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो।

मुस्ताङको यातायात सम्पर्कविच्छेद

मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँग यातायात सम्पर्कविच्छेद भएको छ।बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिकादेखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुँदै प्रदेश राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सडक सम्बन्ध टुटेको हो।

कर्णालीको कहर

कसैले कसैलाई छिः छिः र दूरः दूरः गर्‍यो भने ‘कर्णालीलाई हेपे जस्तो’ भन्ने प्रतिक्रिया प्राप्त हुन्छ जोकसैको मुखबाट पनि। खासमा सबैतिरबाट हेपिएका कारण नै कर्णाली हेपाइ र पिल्साइको पर्याय बन्न पुगेको हो।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्